TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jul 09, 2026 · Swadesh

सोनी पाक्रिनको कप्तानीमा नेपाली यू–१९ टोली घोषणा

सोनी पाक्रिनको कप्तानीमा नेपाली यू–१९ टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी यू–१९ महिला प्रिमियर कपका लागि नेपाली टोली घोषणा गरेको छ। प्रतियोगिता जुलाई ११ देखि सुरु हुनेछ। क्यानले सोमबार प्रेस विज्ञप्तिमार्फत १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो।

टोलीको कप्तानी सोनी पाक्रिन ले गर्नेछिन्। घोषित टोलीमा सना प्रविण, अलिसा कुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृपा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन्।

यस्तै, प्रतिमा साह, प्रिस्ना राना मगर, साक्षी यादव र आशा चौधरी लाई वैकल्पिक खेलाडीका रूपमा राखिएको क्यानले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group C
1 Brazil 3 7
2 Morocco 3 7
3 Scotland 3 3
4 Haiti 3 0
सबै समूह →