उपाधि भिडन्तमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको शनिबार हुने फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । गत सिजनको फाइनलमा पनि यिनै दुई टिम भिडेका थिए । यस्तै यो सिजनको पहिलो खेल र क्वालिफायर वानमा पनि यिनै दुई टिमबीच खेल भएको थियो ।
कीर्तिपुरको टीयू क्रिकेट मैदानमा हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन रहेको लुम्बिनी उपाधिका लागि बलियो प्रत्यासी रहनेछ । दुई टिमबीचका पछिल्ला तीन खेलमा लुम्बिनी विजयी रहेको छ । यो नतिजाका बावजुत कप्तान रोहित पौडेल भने जितमा ढुक्क छैनन् ।
उनले पोस्ट म्याच कन्फ्रेन्समा भनेका छन्, ‘सुदूरपश्चिम बलियो टिम हो, यसअघिका तीन खेल जित्यो भन्दैमा हामी फाइनलमा विजयी हुनेछौं भन्ने हुन्न । फाइनलको दिन जसले राम्रो खेल्छ, त्यही टिम विजयी रहन्छ ।’ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले भने आफ्नो टिम फाइनलका लागि तयार रहेको बताएका छन् ।
लुम्बिनीले लिग चरणको समाप्तीमा शीर्षमा रहेर क्वालिफायर वानको यात्रा तय गरेको थियो । त्यसमा उसले सदूरपश्चिमलाई हराएको थियो । सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि क्वालिफायर टुमा चितवन राइनोजलाई पराजित गरेको थियो ।
अहिलेसम्म यी दुई टिमबीच पाँच खेल भएकोमा सुरुआती दुई सुदूरपश्चिमले जितेको थियो । त्यसपछि भने लुम्बिनी लगातार विजयी रहेको छ । सुदूरपश्चिम फाइनल पुगेको भने यो लगातार तेस्रो पल्ट हो । यसअघिका दुवै फाइनलमा यो टिम उपविजेतामै सीमित रहेको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |