← समाचारमा फर्कनुस्
Top Headlines Nov 21, 2026 · Swadesh

सुदूरपश्मिले जित्यो एनपीएल उपाध

सुदूरपश्मिले जित्यो एनपीएल उपाध

सुदूरपश्चिम रोयल्सले शनिबार नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उपाधि जितेको छ । उसले कीर्तिपुरको टीयू मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई सजिलै दस विकेटले हराएको हो । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको सुदूरपश्मिमले विना कुनै विकेटको क्षति १ सय ५८ रन बनाएको थियो ।

त्यसमा जर्ज मुन्सीले शानदार १ सय २५ रन बनाए । अर्को ओपनर विनोद ३० रन बनाए । मुन्सीले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे । लगातार दुई फाइनल गुमाएपछि सुदूरपश्चिम उपाधि जित्न सफल रहेको हो ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले छ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । त्यसमा ओपनर डार्सी सर्टले २१ र कप्तान रोहित पौडेलले ३० रन बनाए । यस्तै निरोसन डिकवेलले पनि २८ रन जोडे । लुम्बिनीको लागि सबैभन्दा ठूलो व्यक्तिगत स्कोर भने दिलीप नाथको रह््यो ।

उनले ३१ बलमा ३९ रन बनाए र नटआउट रहे । त्यसमा तीन छक्का सामेल थियो । यस्तै अर्को अलि सेखले २४ रन जोडे । सुदूरपश्चिमका बलरमध्ये स्कट कुगलियनले २५ रन दिएर दुई विकेट लिए । थिरुन्दु रत्त्नायेके, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले पनि एक एक विकेट हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →