← समाचारमा फर्कनुस्
स्लोभानिया र सर्बियाले अंक बाँडे

काठमाण्डौं । युरोकप २०२४ मा स्लोभानिया बराबरीमा रोकिएको छ।
बिहिवार सम्पन्न खेल समूह सी को खेलमा सर्बियासँग स्लोभानिया १–१ गोलको बराबरीमा रोकिएको छ।
खेलको ६७औँ मिनेटमा स्लोभानियाको लागि झान कर्निकनिकले गोल गर्दै स्लोभानियालाई सुरुआती अग्रता दिलाएका थिए। खेलमा १–० को जित नजिक पुगेको स्लोभानिया अतिरिक्त समयमा सम्हालिन सकेन्। अतिरिक्त समयको पाँचौँ मिनेटमा लुका जोभिसले गोल गरेपछि सर्बियाले पहिलो अंक हासिल गर्यो।
यो बराबरीसँग स्लोभानियाले दुई अंक जोडेको छ। यसअघि डेनमार्कविरुद्धको खेलमा स्लोभाकियाले १–१ बराबरी निकालेको थियो । यता, सर्बिया भने इंग्ल्यान्डसँगको खेलमा १–० ले पराजित भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |