← समाचारमा फर्कनुस्
Cricket Jul 23, 2024 · Swadesh

अलराउन्डर वरीयतामा सीताको १५ स्थान सुधार

अलराउन्डर वरीयतामा सीताको १५ स्थान सुधार

काठमाडौं। आइसिसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले फड्को मारेकी छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनले एकैपल्ट १५ स्थान सुधार गरेकी हुन्।

नयाँ वरीयतामा उनी ५८औं स्थानमा छिन्। यसअघि उनी ७३औं स्थानमा थिइन्। उनीभन्दा अगाडी रुबिना क्षेत्री छिन्। ६ स्थान सुधार गर्दै उनी ४८औं स्थानमा पुगेकी छन्।

यस्तै, कप्तान इन्दु बर्माले पनि १२  स्थान सुधार गरेकी छन्। उनी नयाँ वरीयतामा ६६औं स्थानमा छिन्। यसअघि उनी ७८औं स्थानमा थिइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →