जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा चितवन राइनोजमा अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि चितवन राइनोजले जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर राजालाई टोलीमा आबद्ध गरेको छ। राइनोजले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजाको अनुबन्धको औपचारिक घोषणा गरेको हो।
३९ वर्षीय राजा अन्तर्राष्ट्रिय तथा फ्रान्चाइज क्रिकेटका एक चर्चित नाम हुन्। उनी ब्याटिङ र बलिङ दुवैतर्फको आफ्नो योगदानका लागि परिचित छन्। जिम्बाब्वेका लागि १ सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका राजाले विश्वभरका विभिन्न टी–२० लिगहरूमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
चितवन राइनोजका अधिकारीहरूले राजाको अनुबन्धलाई टोलीको मध्यक्रमलाई बलियो बनाउने महत्वपूर्ण कदमको रूपमा लिएका छन्। उनको अनुभव, अलराउन्ड प्रतिभा र नेतृत्व गुणले आगामी एनपीएल सिजनमा टोलीलाई प्रतिस्पर्धी बनाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
यो अनुबन्धसँगै चितवन राइनोजको अन्तर्राष्ट्रिय खेलाडीको पङ्क्तिमा अर्को चर्चित नाम थपिएको छ। राइनोजले यसअघि पनि केही प्रमुख विदेशी खेलाडीहरूलाई अनुबन्ध गरिसकेको छ। आगामी सिजनका लागि आफ्नो टोलीलाई चुस्त–दुरुस्त बनाउने राइनोजको योजनामा राजाको आगमनलाई कोसेढुङ्गाको रूपमा हेरिएको छ।
राजाले अनुबन्धपछि आफूलाई चितवन राइनोज परिवारको हिस्सा बनाउँदै खुसी व्यक्त गर्दै ‘यो नयाँ चुनौतीका लागि म उत्साहित छु। नेपाली क्रिकेटप्रशंसकको माया र टोलीको लक्ष्य पूरा गर्न म आफ्नो पूर्ण सक्रियता दिनेछु’ भनी बताएका छन्।
एनपीएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |