← समाचारमा फर्कनुस्
विवादबीच सेनेगललाई अफ्रिका कप अफ नेसन्सको उपाधि

चर्को विवादबीच सेनगेलले आइतबार अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । उसले फाइनलमा आयोजक मोरेक्कोलाई १–० ले हराएको हो । खेलको निर्णायक गोल पापे गुएले अतिरिक्त समयमा गरे ।
निर्धारित समयको खेल बराबरीमा टुंगेपछि गुएले ९४ औं मिनेटमा गोल गरेका हुन् । ब्राहिम डियाजले मोरक्कोका लागि अतिरिक्त समयको २४ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार सेनेगेली गोलरक्षक एडोर्ड मेन्डीले जोगाए ।
त्यही पेनाल्टी प्रहारको निर्णयविरोधमा सेनेगेली खेलाडी मैदान छाडेर बाहिरिएका थिए । सेनेगलले अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो दोस्रो पल्ट हो ।
यसअघि सन् २०२२ मा इजिप्टलाई पेनाल्टीमा हराएर सेनेगेलले पहिलो पटक उपाधि हात पारेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women