← समाचारमा फर्कनुस्
मोरक्को र सेनेगल अन्तिम चारमा

मोरक्को र सेनेगलले शुक्रबार अफ्रिकी कप अफ नेसन्सको अन्तिम चारको यात्रा तय गरेका छन् । आयोजक मोरक्कोले क्यामरुनलाई २–० ले हरायो । त्यसमा ब्राहिम डियाज र इस्माइल साइबारीले एक एक गोल गरे ।
अब मोरक्कोसामु सन् १९७६ यता पहिलो पटक अफ्रिकी कप अफ नेसन्स जित्ने अवसर हुनेछ । यसअघि सेनेगलले मालीलाई १–० ले हराएको थियो र त्यसमा इलिमन एनडियेले निर्णायक गोल गरे ।

प्रतियोगितामा शनिबार अल्जेरिया र नाइजेरिया तथा इजिप्ट र आइभरीकोस्ट क्वाटरफाइनलमा भिड्ने छन् । यसपछि प्रतियोगिताको सेमिफाइनल समीकरण तयार हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women