← समाचारमा फर्कनुस्
Football Jan 14, 2026 · Swadesh

सेमिफाइनल पहिलो लेगमा सिटी विजयी

सेमिफाइनल पहिलो लेगमा सिटी विजयी

नयाँ अनुबन्धित खेलाडी एन्टोन सेमेन्योको प्रभावशाली प्रदर्शनको मदतले म्यानचेस्टर सिटीले लिगकप सेमिफाइनलको पहिलो लेगमा न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको छ । यो जितले सिटी फाइनल नजिक पुगेको छ ।


हारले डिफेन्डिङ च्याम्पियन न्युकासललाई दोस्रो लेगको सेमिफाइनलमा आफू पछाडि रहेको स्थितिबाट जित्न गाह्रो हुनेछ । सेन्ट जेम्स पार्कमा भएको खेलमा सिटीका लागि सेमेन्यो र रायन चेर्कीले गोल गरे ।


गत सिजन न्युकासलले ७० वर्षपछि पहिलो पटक उपाधिका रूपमा लिगकप जितेको थियो । अब दोस्रो लेगको सेमिफाइनल खेल इतिहाडमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →