विश्वकप लिग–२ : अमेरिकाविरुद्ध स्कटल्याण्ड विजयी

काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी शुरुवात गरेको छ।
बिहिवार भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४.५ ओभरमा विना विकेट लक्ष्य पुरा गरेको थियो।
स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुँदै १४४ रन बनाएको थियो। अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए।
त्यस्तै, स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिए।
यो जितपछि स्कटल्याण्डको लिग–२ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ। त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ।
अब सिरिज अन्तर्गत आइतबार राती नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |