← समाचारमा फर्कनुस्
Cricket Jun 10, 2024 · Swadesh

स्कटल्यान्डको लगातार दोस्रो जित

स्कटल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । आइसिसी टी-२० विश्वकपमा स्कटल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ। 

सोमबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले ओमानलाई ७ विकेटले हरायो।

ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्यान्डले १३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डको लागि ब्रान्डन म्याकमुलेनले ३१ बलमा ६१ रन बनाए। ओपनर जर्ज मुन्सीले ४१ रनको योगदान गरे।

त्यसअघि ब्याटिङ गरेको ओमानको इनिङ्समा प्रतिक अथाभालेले अर्धसतक बनाए। उनले ४० बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५४ रन बनाएका हुन्। आयन खानले ४१ रनको योगदान गरे।

यता स्कटल्यान्डको लागि सफियान शरीफले दुई विकेट लिएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →