← समाचारमा फर्कनुस्
Cricket Aug 17, 2026 · Swadesh

स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै

स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई पुनः सुदूरपश्चिम रोयल्समा अनुबन्ध गरेको जानकारी गराउन चाहन्छौं ।

सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए । दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए ।

पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन् । ‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →