एनपीएल: आज दुई निर्णायक खेल, काठमाडौंको दोस्रो स्थानको भाग्य कायम छ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछन्। यी दुई खेलले प्लेअफको अन्तिम समीकरण तय गर्नेछन्, विशेषगरी काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच दोस्रो स्थानको प्रतिस्पर्धा निकै रोचक बनेको छ।
आजको पहिलो खेल दिउँसो १२:३० चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। चितवन पहिले नै प्लेअफमा प्रवेश गरिसकेको छ र चौथो रहने निश्चित छ। यसैले यो खेलले चितवनको लागि मात्र तालिका पूरा गर्ने महत्त्व राख्छ, जबकि कर्णाली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।

दोस्रो खेल साँझ ५:०० काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। काठमाडौंका लागि यो खेल निकै महत्त्वपूर्ण छ, जित हासिल गरेमा १० अंकसहित सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा पुग्नेछन् र सिधै पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग भिड्नेछन्। तर, पराजित भएमा काठमाडौं तेस्रो स्थानमा रहनेछ र एलिमिनेटरमा चितवन राइनोजसँग खेल्नुपर्नेछ।
हालसम्मको अंक तालिकामा लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान पक्का गरिसकेको छ। सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा छ भने काठमाडौं गोर्खाज ८ अंकसहित तेस्रो र चितवन राइनोज ७ अंकसहित चौथो स्थानमा छन्।
आजको खेलपछि प्लेअफको पूर्ण तालिका स्पष्ट हुनेछ। काठमाडौंले जितेको अवस्थामा उसले पहिलो क्वालिफायरमा लुम्बिनीसँग खेल्नेछ, भने हारेको अवस्थामा सुदूरपश्चिम दोस्रो स्थानमा रहनेछ र काठमाडौंले चितवनसँग एलिमिनेटर खेल्नुपर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |