← समाचारमा फर्कनुस्
पाकिस्तान साफ च्याम्पियनसिपको फाइनलमा

साफ च्याम्पियनसिप २०२६ को दोस्रो सेमिफाइनलमा पाकिस्तानले आयोजक बंगलादेशलाई १-० गोलले पराजित गर्दै इतिहासमा पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार ढाकास्थित राष्ट्रिय रंगशालामा भएको खेलको निर्धारित समय सकिन ५ मिनेट बाँकी रहँदा पाकिस्तानका खेलाडी अब्दुल समदले निर्णायक गोल गरे। बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोनले समदको प्रहार रोक्न नसक्दा बंगलादेशको फाइनल पुग्ने सपना टुटेको छ ।
यस जितसँगै पाकिस्तानले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ। फाइनल खेलमा पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेशका लागि यो हार निकै पीडादायी रह्यो। खेल सकिएपछि रंगशालामा रहेका केही दर्शकहरूले रंगशालामा आतिसबाजी प्रहार गरेका थिए भने दुवै टोलीका खेलाडीबीच केहीबेर तनावको स्थिति पनि देखिएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |