← समाचारमा फर्कनुस्
Top Headlines Nov 15, 2026 · Swadesh

चितनवमाथि कर्णालीको सान्त्वना जित

चितनवमाथि कर्णालीको सान्त्वना जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्mनो अन्तिम खेलमा शुक्रबार सान्त्वना जित निकाल्ने त्रममा चितवन राइनाजेलाई २४ रनले हराएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णाली छ अंक बटुल्न सफल रह्यो ।

चितवन भने यसअघि नै प्ले–अफ पुगिसकेको हो । हारले चितवन सात अंकमै सीमित रहेर चौथो स्थानमा रह्यो । चितवन सात अंकमै प्ले–अफ पुग्ने पहिलो टिम पनि भएको छ । जितका लागि १ सय १ सय ५४ रन पछ्याएको चितवनले जवाफमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि ओपनर कमिल मिसराले २५ र उस्मा मिरले २३ बलमा नटआउट २८ रन बनाए । कर्णालीका बलरमध्ये हुसेन तलतले १७ रनमा तीन विकेट लिए ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको कर्णालीले आठ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । त्यसमा हसन तलतले ३३ बलको सामना गरेर ५१ रन बनाए । उनी नटआउट पनि रहे ।

त्यसमा दुई चौका र तीन छक्का सामेल थियो । यस्तै ओपनर अरिफुल इस्लामले भने १५ बलमा ३५ रन बनाए । गुल्सन झाले भने छ बलमा १८ रन जोडे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →