काठमाडौं पोखरासँग स्तब्ध

पोखरा एजेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजलाई आइतबार ५५ रनले स्तब्ध पारेको छ । जितका लागि २ सय २५ रनको लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनायो ।
काठमान्डुका लागि ओपनर सहिल पटेलले ३४, विलियम बोसिस्टोले २६, जहानदाद खान २४, रसिद खान ३१ र सोनु देवकोटाले २९ रन बनाए । तर कसैले निर्णायक प्रदर्शन गर्न सकेनन् । काठमान्डुले नियमित अन्तरमा विकेट गुमाइ रह्यो ।
पोखराका लागि दिनेश खरेल चार र विपिन खत्रीले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा तीन विकेट मात्र गुमाएर २ सय २४ रन बनाएको थियो । प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो स्कोर हो । त्यसमा कुशल भुर्तेलले ९९ रन बनाए ।
उनी करण केसीको बलमा आउट भए । प्रतियोगिताको इतिहासमै नेपाली ब्याटरको यो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो । कुशलले ओपनर युवराज समरासँग मिलेर दोस्रो विकेटका लागि १ सय ८६ रनको साझेदारी गरे । युवराज पनि ८९ रन बनाएर आउट भए ।
यससँगै प्रतियोगिताको प्ले–अफ समीकरण पूरा भएको छ र त्यस अनुसार क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा इलिमिनेटरमा भने काठमान्डु र चितवन राइनोज भिड्ने भएका छन् ।y
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |