← समाचारमा फर्कनुस्
स्कट कुगेलेइन पुनः सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सुदूरपश्चिम रोयल्स आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरिएको छ।
स्कटले एनपिएल को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए।
सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको पुनरागमनबारे खुसी व्यक्त गर्दै भने:
“स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्वपूर्ण गहिराइ थप्नेछ।”
स्कटले पनि नेपाल फर्किन पाउँदा निकै उत्साह व्यक्त गरेका छन्। उनले यस सिजन पुनः सुदूरपश्चिम रोयल्सका समर्थकहरू अगाडि खेल्न तथा टिमलाई सफलता दिलाउन योगदान गर्न आतुर रहेको बताएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |