← समाचारमा फर्कनुस्
Football Aug 29, 2024 · Swadesh

साउदी प्रो लिग : अल हिलालको दोस्रो जित

साउदी प्रो लिग : अल हिलालको दोस्रो जित

काठमाडौं । साविक विजेता अल हिलालले साउदी प्रो लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। 

बुधबार राति भएको खेलमा हिलालले दमक एफसीमाथि ३–२ को जित हासिल गरेको हो।

हिलालको दुई खेलबाट ६ अंक छ। दुबै खेल हारेको दमक १५औं स्थानमा छ।

मिट्रोभिकले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएका थिए। तर, ४९औं मिनेटमा दमकका फ्रान्कोइ कोमानोले गोल गर्दै बराबरी गरे। हाबिब डिअलोले ५१औं मिनेटमा गोल गरेपछि खेलमा दमकले अग्रता बनायो।

मोहम्मद अल जुवारीले ७३औं मिनेटमा गोल गरेपछि खेल २ को बराबरीमा आएको थियो। मिट्रोभिकले खेल सकिन ६ मिनेटअघि गोल गर्दै हिलालको जित पक्का गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →