← समाचारमा फर्कनुस्
Cricket Jul 12, 2025 · Swadesh

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका छन्। 

पहिलो खेलमा तिरहुट टाइगर्सले खडक वारियर्सलाई पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ। 

पबी स्कुल मैदानमा सम्पन्न समुह 'बि' अन्तर्गतको खेलमा खडक वारियर्सले दिएको ६७ रनको लक्ष्य तिरहुट टाइगर्सले १३.३ ओभरमा ५ विकेट गुमाएर भेटायो। 

लक्ष्य पछ्याउने क्रममा टाइगर्सको लागि ओपनर अविनाश कर्णले सर्वाधिक २६ रन योगदान दिए जुन क्रममा १८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै राहुल मण्डलले अविजित २० रन बनाए जुन क्रममा २० बलमा ३ चौका प्रहार गरे। 

यस अघि टस जितेर ब्याटिंग गरेको खडक वारियर्सले १५. ५ ओभरमा ६६ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि अनिल कुमार यादवले सर्वाधिक १५, सन्तोष कार्कीले ११ तथा फिर्दोश अन्सारीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

टाइगर्सको बलिंगमा श्रवन यादव र अजय यादवले समान ३ विकेट लिए। श्रवनले ३. ५ ओभरमा मात्र ६ रन खर्चिए भने अजयले ४ ओभरमा १४ रन खर्चिए। यस्तै चित्र बहादुर बिस्टले २ तथा अनिल यादवले १ विकेट लिए। 

खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए।

आजै सम्पन्न दोश्रो खेलमा राजविराज राजदेवि रोयलले हुनमान नगर हिरोजलाई पराजित गर्यो। 

राजविराज राजदेवि रोयलले हुनमान नगर हिरोजलाई ६६ रनको फराकिलो अन्तरले हराएको हो ।

 एक सय ४६ रनको लक्ष्य पछ्याएको हनुमान नगर हिरोज १८.३ ओभरमा ७९ रनमै अलआउट हुन पुग्यो । हनुमान नगरका लागि आठौं नम्बरका ब्याटर सकिब खानले २० रन जोडे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनले २० बलमा दुई चौका हिर्काए । ओपनर सनत खर्गले १६ रन र मध्य क्रमका ब्याटर शिबन यादवले १४ रन जोडे । यसबाहेक अन्य ब्याटर दोहोरो अंकमा रन बटुल्न असफल भए । हनुमानले अतिरिक्त १५ रन पनि पाएको थियो । 

राजविराज राजदेवि रोयलको बलिङमा दिवान पुनले सर्वाधिक चार विकेट लिए । मोहम्मद सकिम आलम र जितु यादवले समान दुई तथा अभिशेक तिवारी र मोहम्मद सोहेलले समान एक विकेट लिँदै हनुमान नगरको इनिङ सस्तैमा रोके । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजविराज राजदेविले निर्धारित ओभरमा सात विकेट गुमाउँदै एक सय १४५ रनको योगफल बनाएको थियो । राजविराजले पावर प्लेमा राम्रो सुरुआत पायो । ओपनरद्वय प्रविन यादव १४ रन र रोहन विक २४ रनमा आउट भए । तल्लो क्रमका नितेश यादवले २२ रनको योगदान दिँदा दिवान ३९ रनमा अविजित रहे । दिवानले ३८ बलमा तीन चौका हिर्काए । राजविराज राजदेविले अतिरिक्त २७ रन पायो । हनुमान नगरको बलिङमा सन्जन बैठले तीन तथा सञ्जीव मण्डलले दुई र शिबन यादवले एक विकेट लिए ।

८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समुह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्। समुह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि दुवै समुहबाट उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल साउन १ गते हुनेछ।

प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →