← समाचारमा फर्कनुस्
Cricket Jun 08, 2024 · Swadesh

सप्तरी प्रिमियर लिग : बसिर चम्किंदा तिरहुट टाइगर्स फाइनलमा

सप्तरी प्रिमियर लिग : बसिर चम्किंदा तिरहुट टाइगर्स फाइनलमा

तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल पुगेको छ। शनिवार सम्पन्न रोमान्चक पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुट टाइगर्सले फाइनलमा स्थान पक्का गर्यो। 

पराजित छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोश्रो मौका पाउनेछ। आइतबार दोश्रो क्वालीफायरमा छिन्नमस्ता र कन्चनरुप राइनोज बीच प्रतिस्पर्धा हुनेछ। आज सम्पन्न इलिमीनेटरमा कन्चनरुपले सनराइज तिलाठी कोइलाडीलाई पराजित गरेको हो। पराजित हुँदै तिलाठी कोइलाडी प्रतियोगिताबाट बाहिरिएको छ। 

पहिलो क्वालीफायर अन्तर्गत पब्लिक विन्देश्वरी मैदानमा तिरहुट टाइगर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनायो। 

सुमित नेवारले अविजित ७२ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन। सुमितले ३७ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७२ रन बनाए। मयन यादवले ३६ तथा विकास दासले २३ रनको योगदान दिए। 

बलिंगतर्फ तिरहुटका अनिल यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। रुपेश सिंहले २ तथा दिपेश कंडेलले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको तिरहुट टाइगर्सले २० ओभरमा १६७ रनमा सबै विकेट गुमायो। 

तिरहुटको लागि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका बसिर अहमदले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै अमित यादवले ४२ रन बनाए जुन क्रममा ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 

बलिंगतर्फ छिन्नमस्ता लायन्सका फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३१ रन खर्चिए। मोहम्मद सोहेल र भिम शार्कीले समान २ विकेट तथा बिशाल पटेलले १ विकेट लिए। 

आज सम्पन्न इलिमेनेटरमा सनराइज एघार तिलाठी कोइलाडीले दिएको १२५ रनको लक्ष्य कन्चनरुप राइनोजले १५.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। 

कन्चनरुपको लागि ओपनर सुभ कंसकारले सर्वाधिक ७१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४० बलमा ५ चौका र ७ छक्का प्रहार गरे। अरनिको यादवले २६ तथा राशिद खानले अविजित १० रन बनाए। बलिंगतर्फ तिलाठी कोइलाडीका दिपेश सरदारले ३, नारायण जोशीले २ तथा तृत राजदास र बिशाल सुश्लिंगले १/१ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले १५.२ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनाएको थियो। 

तिलाठी कोइलाडीको लागि तृत राज दासले सर्वाधिक ५१ रनको योगदान दिए जुन क्रममा उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अभिषेक तिवारीले ३० तथा बिशाल सुश्लिंगले १२ रन बनाए। बिनोद भण्डारीले ६ रन मात्र बनाउन सके। बलिंगतर्फ कन्चनरुप राइनोजका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा १५ रन खर्चिए। राहुल मण्डलले २ विकेट लिंदा चित्र बहादुर बिस्ट, उमेश चौधरी र अरनिको यादवले १/१ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →