← समाचारमा फर्कनुस्
Cricket Jun 03, 2024 · Swadesh

सप्तरी प्रिमियर लिग : कन्चनरुपको रोमान्चक जित

सप्तरी प्रिमियर लिग : कन्चनरुपको रोमान्चक जित

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा कन्चनरुप राइनोज विजयी हुँदा दोश्रो खेल भने वर्षाका कारण नतिजाविहिन भएको छ। 

आजको पहिलो खेलमा कन्चनरुप राइनोजले तिरहुट टाइगर्सलाई २ रनले पराजित गर्यो। 

रोमान्चक खेलमा कन्चनरुप राइनोजले दिएको १६८ रनको लक्ष्य पछ्याएको तिरहुट टाइगर्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि १६५ रनमा सबै विकेट गुमाउन पुग्यो। 

अन्तिम ३ बलमा जितको लागि जितको लागि १७ रन आवस्यक हुँदा रुपेश सिंहले लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमान्चक मोड दिएका थिए। तर अन्तिम बलमा जित्न ५ रन आवस्यक हुँदा उमेश चौधरीले २ रन मात्र खर्चिंदा कन्चनरुपले जित दर्ता गर्यो। 

तिरहुटको लागि रुपेश सिंहले १८ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाएता पनि जित्न पर्याप्त भएन। भोला कुमार साहले ३२, अभिषेक कार्की र शंकर रानाले समान २४ रन योगदान दिए। 

कन्चनरुपको बलिंगमा राहुल मण्डलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। राशिद खानले २ तथा दिनेश अधिकारी, चित्र बिस्ट र उमेश चौधरीले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग रोजेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो। 

कन्चनरुपको लागि ओपनर राकेश कामतले अर्धशतकीय योगदान दिए। कामतले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। सुभ कंसकारले ३२, राशिद खानले २४ तथा कर्ण बिकले १६ रन योगदान दिए। 

तिरुहुट टाइगर्सको बलिंगमा रुपेश सिंह र बसिर अहमदले समान २ विकेट लिए। अनिल यादव र दिपेश कंडेलले १/१ विकेट लिए। 

आजको छिन्नमस्ता लायन्स र सनराइज एघार तिलाठी कोइलाडी बीचको दोश्रो खेल भने भारि वर्षा र हावाहुरीको कारण पुरा हुन सकेन। जसकारण दुवै टिमले अंक बाँडेका छन्। 

छिन्नमस्ता लायन्सले दिएको १९९ रनको लक्लाक्ष्य पछ्याएको सनराइज एघारले ३.३ ओभरमा ३ विकेट गुमाएर ३२ रन बनाउदा खेल रोकिएको थियो। त्यसपछि पुनः खेल सुचारु नहुँदा दुवै टिम अंक बाँड्न बाध्य भएका हुन्। 

टस जितेर ब्याटिंग रोजेको छिन्नमस्ता लायन्सले २० ओभरमा ७ विकेट क्षेतीमा १९८ रन बनायो। 

छिन्नमस्ताको लागि मयन यादवले शतकीय योगदान दिए। उनले ५९ बलमा ७ चौका र ८ छक्का प्रहार गरे। भिम शार्कीले २३ बलमा १ चौका र ४ छक्का मद्दतले ४१ रन बनाए। सनराइज एघारको बलिंगमा बिशाल सुश्लिंगले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। बलिंगतर्फ छिन्नमस्ताका बिशा पटेलले २ तथा मोहम्मद सोहेलले १ विकेट लिए। 

आजको खेल पछि ३ खेलमा २ जित र १ एक नतिजाविहिन खेल पछि छिन्नमस्ता ५ अंक सहित अंकतालिकाको शिर्षमा छ। सनराइज एघार २ खेलमा १ जित र १ नतिजविहिन खेल पछि १ अंक सहित पाँचौ स्थानमा छ। ३ खेलमा २ जित र १ हार बेहोरेको कन्चनरुप ४ अंक सहित दोश्रो स्थानमा छ २ खेलमा १ जित र १ हार पछि तिरहुट टाइगर्स २ अंक सहित दोश्रो स्थानमा छ। समान २ अंक सहित राजबिराज राजदेवि एघार चौंथो स्थानमा छ। 

प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे सनराइज एघार तिलाठी कोइलाडी र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १:३० बजे राजविराज राजदेवी एघार र तिरहुट टाइगर्स विच प्रतिस्पर्धा हुनेछ। 

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →