← समाचारमा फर्कनुस्
श्रेष्ठ यु-१७ टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सनोज श्रेष्ठलाई राष्ट्रिय यु-१७ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
यस्तै, धनेश्वर प्रजापती सहायक प्रशिक्षकमा नियुक्ति भएका छन्।
भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १८ देखि २८ सम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको आयोजना हुँदैछ।
श्रेष्ठसँग राष्ट्रिय यु-१५ टोलीको प्रशिक्षण सम्हाली सकेको अनुभव छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |