← समाचारमा फर्कनुस्
एन्फा महिला लिगमा संकटालाई पहिलो अंक

काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिग २०२४ मा पहिलो अंक हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा दुवै टोली पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। यो बराबरीसँग दुई खेलबाट संकटाले पहिलो अंक जोडेको छ।
संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ४–० गोलले पराजित भएको थियो। यता, चन्द्रपुरले लगातार दोस्रो खेलमा अंक बाँडेको हो। चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग १–१ को बराबरीमा रोकिएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |