← समाचारमा फर्कनुस्
सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनवाइ स्थगित

काठमाडौं, २५ असोज । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ स्थगित भएको छ।
जिल्ला अलालतमा न्यायाधीश अपर्याप्त भएकाले मुद्दा स्थगनमा परेको हो।
अदालतमा मुद्दाका ३० वटा फाँट छन् भने ३० जना न्यायाधीशकै दरबन्दी छ।
एउटा फाँटको मुद्दा एक न्यायाधीशको इजलासमा पर्छ। हरेक बिहान गोला तानेर न्यायधीश र फाँटको टुंगो लगाइन्छ। आज सन्दीपको २८ नम्बर फाँटसहित ९ वटा फाँटका मुद्दा स्थगनमा परेका छन्।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनसार आज ३० मध्ये २१ जनामात्रै न्यायाधीशको उपस्थिति छ। ६ जना न्यायाधीश सरुवा भएर आइनपुगेको र ३ जना न्यायाधीशले व्यक्तिगत कारण देखाएर बिदा लिएको उनले जानकारी दिए।
बिदा लिने न्यायाधीशमा दीपक खनाल, भीमलाल वेलवासे र उत्तम सिलवाल छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |