← समाचारमा फर्कनुस्
सन्दीपविरुद्धको मुद्दामा अदालतले फेरि माग्यो गौशाला-२६ को जन्ममिति

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले फेरि पनि पीडितको जन्ममिति माग गरेको छ।
यससअघि पनि पीडित र पीडितकी आमाको जन्ममिति माग गरेको अदालतले फेरि पनि पीडितको जन्ममिति माग गरेर अदालती प्रक्रिया अझ लम्ब्याएको हो।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्ममिति मगाउन आदेश जारी गरिएको छ।
यो मुद्दामा बिहीबार सरकारी वकिल सुरवीर परियार र पीडतका पक्षबाट मोहना अन्सारीले गरेको बहस गरेका थिए।
तर सन्दीप पक्षका वकिल सरोज घिमिरेले पीडितको परिवार बसाइँ पनि सरेकाले उक्त प्रमाणपत्रमा पीडितको जन्ममिति हुनसक्ने भन्दै उक्त प्रमाणपत्र पनि मगाउन माग गरेका थिए।
यसपछि न्यायाधीश कार्कीको इजलासले पीडितको जन्ममिति हुन सक्न भनिएको उक्त कागजात मगाउने आदेश गरिदिएकी हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |