← समाचारमा फर्कनुस्
Cricket Jul 11, 2025 · Swadesh

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासड

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासड

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। 

बिहीबार होटल हिमालयमा आयोजित एक कार्यक्रममा क्लथिङ ब्राण्ड डेनिम एण्ड डेभिल र लेग स्पीनर सन्दीप लामिछाने बीच सम्झौता भएको हो। 

सम्झौतामा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीप लामिछानेले हस्ताक्षर गरे। 

सम्झौता अवधी तीन वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको छैन। 

सम्झौतापछि बोल्दै सन्दीपले डेनिम एण्ड डेभिल्ससँग आफ्नो सम्बन्ध सुरुवात देखि नै रहेको र लामो कथा रहेको बताए। ‘उहाँहरुसँग मेरो लामो स्टोरी छ। सन् २०१८ मा घनश्याम दाईसँग मिटिङ भएपछि सहकार्य भयो। त्यो यात्रा आफैँमा सुनदर थियो। धेरै रमाइला पलहरु छन्। खुशीको क्षण छ। आफुलाई पनि गर्व लाग्छ यो ब्राण्ड यहाँसम्म पुग्दा। मलाई एज ए फेमिली जस्तै गर्नुभाछ। धेरै धन्यवाद।’

सिइओ घनश्याम काफ्लेले सन्दीपसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको जानकारी दिए। सन्दीप आफैँमा ब्राण्ड भएकोले उनलाई नियुक्त गर्दा ब्राण्डलाई अघि बढाउन पनि सहयोग पुग्ने बताए। ‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन। उहाँ आफैँमा एक ब्राण्ड हुनुहुन्छ। सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी हो।

२४ वर्षीय सन्दीपले युवा उमेरमै नेपालको कप्तानी गरिसकेका छन्। उनले नपालका लागि ओडिआई र टी२० आई दुवैमा समान ६२ खेल खेलेका छन्। ओडिआईमा १२७ र टी२० आईमा ११७ विकेट लिएका छन्। यस्तै उनले ओडिआईमा ४७५ रन समेत बनाएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →