TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 26, 2025 · Swadesh

सन्दीप आबद्ध राजशाही वारियर्सको सुखद् सुरुआत

सन्दीप आबद्ध राजशाही वारियर्सको सुखद् सुरुआत

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा रोमाञ्चक जितसहित सुखद् सुरुआत गरेको छ।


सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो। सिल्हेटले दिएको १९१ रनको लक्ष्य पछ्याएको राजशाहीले अन्तिम २ बल बाँकी रहँदा २ विकेट गुमाएर १९२ रन बनायो। जितसहित राजशाहीले २ अंक जोडेको छ।


राजशाहीका कप्तान नजमुल हसेन शान्तोले शतक पूरा गरे। ६० बल खेलेका उनले १० चौका र ५ छक्कासहित १०१ रन बनाए। उनी अविजित रहे।


मुशफिकुर रहिमले ३१ बलमा ४ चौका र २ छक्कासहित अविजित रहँदै ५१ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि १३२ रनको साझेदारी बनेको थियो। 


साहिबजादा फरहान २० र तान्जिद हसन १० रनमा आउट भए। खालिद अहमद र मेहदी हसन मिराजले समान १ विकेट राखे।


त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९० रन बनाएको थियो।


सिल्हेटका परवेज हुसेन इमनले सर्वाधिक ६५ रन बनाए। ३३ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। रोनी तालुकदारले ३४ बलमा ४ चौकासहित ४१ रनको योगदान दिए।


आफिफ हुसेन ३३, साइम अयुब २८ र हजरतुल्लाह जजाई २० रनमा आउट भए।


नेपालका सन्दीपले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिनुरा फर्नान्डो र तन्जिम हसन सकिबले समान १ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →