← समाचारमा फर्कनुस्
समय अभावका कारण सन्दीपविरूद्धको मुद्दाको सुनुवाई स्थगित

काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको आजको सुनुवाइ समय अभावका कारण स्थगित भएको छ ।
सन्दीपविरुद्धको मुद्धाको पेसी काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो ।
छैटौं नम्बर रहेको पेसी समय अभावले स्थगित भएको अदालतले जनाएको छ ।
यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।
चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो। त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |