← समाचारमा फर्कनुस्
सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहसको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी तोकिएको हो।
यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।
चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो। त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो।
आज घिमिरेको इजलासमा अन्तिमबाट दोस्रो स्थानमा सन्दीपको मुद्दा परेको छ। उनको मुद्दा छैटौं नम्बरमा रहेका कारण आज सुनुवाई हुने सम्भावना भने कम छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |