← समाचारमा फर्कनुस्
Cricket Jun 22, 2024 · Swadesh

सन्दीपसहित दीपेन्द्र र रोहितले ग्लोबल टी-२० खेल्ने

सन्दीपसहित दीपेन्द्र र रोहितले  ग्लोबल टी-२० खेल्ने

काठमाडौं । नेपालका तीन खेलाडीले ग्लोबल टी २० क्यानाडामा खेल्ने भएका छन्। 

लेगस्पिनर सन्दीप लामिछानेसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले पनि खेल्ने पकका भएको हो।

नेपालका कप्तान रोहितले टोरन्टो नेश्नल्सबाट खेल्ने भएका हुन्। शुक्रबार भएको ड्राफ्टको ११औं राउन्डमा टोरन्टोले १२ हजार ५०० डलरमा रोहितलाई अनुबन्ध गरेको हो। रोहितको पहिलो विदेशी फ्रेन्चाइज अनुबन्ध हो। यसैगरी भ्यानकुभर नाइटमा भने नेपालका २ जना खेलाडी अनुबन्ध भएका छन्।

सन्दीप नेपालबाट सर्वाधिक फ्रेन्चाइज खेल्ने खेलाडी हुन्। सन्दीप पछि दोस्रो फ्रेन्चाज क्रिकेट खेलेका ऐरी पनि एउटै टिममा छन्। सन्दीपलाई भ्यानकुभरले ३० हजार डलरमा अनुबन्ध गरेको हो। उनलाई आठौं चरणको ड्राफ्टबाट टिमले पिक गरेको थियो। 

यसैगरी नवौं चरणको ड्राफ्टमा ऐरीलाई १७ हजार ५ सय डलमा अनुबन्ध गरेको छ। ग्लोबल टी २० क्यानडा जुलाई २५ तारिखदेखि सुरु हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →