← समाचारमा फर्कनुस्
Cricket Apr 09, 2023 · Nepalsports

सन्दीप लामिछानेको मुद्दामा थप दुईजनाको बकपत्र लिन आदेश

सन्दीप लामिछानेको मुद्दामा थप दुईजनाको बकपत्र लिन आदेश

काठमाडौ- सन्दीप लामिछानेविरूद्धको मुद्दामा अदालतले थप दुई व्यक्तिको बकपत्र लिन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको हो।

लामिछानेविरुद्धको मुद्दामा आज न्यायाधीश शंकरराज बरालको इजलासमा सुनुवाइ भएको थियो। आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए। 

यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन्। न्यायाधीश बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन्।

यसअघि साहब आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन्। 

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →