← समाचारमा फर्कनुस्
Cricket Aug 20, 2024 · Swadesh

सन्दीप बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर नियुक्त

सन्दीप बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । 

सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन । सम्झौता पछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए । 

‘बृज सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले  हामी  खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने ।

यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए। 

साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए । `सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ,´ गिरीले भने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →