TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 11, 2026 · Swadesh

सन्दीप आबद्ध राजशाही दोस्रो स्थानमा उक्लियो

सन्दीप आबद्ध राजशाही दोस्रो स्थानमा उक्लियो

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० को दोस्रो स्थानमा उक्लिएको छ। आइतबार पाँचौँ जित हात पार्दै राजशाही अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो।


सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजशाहीले रंगपुर राइडर्सलाई ७ विकेटले पराजित गर्‍यो। रंगपुरले दिएको १७९ रनको लक्ष्य राजशाहीले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।


राजशाहीको जितमा मुहम्मद वसीमले अविजित ८७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ५९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। कप्तान नजमुल होसैन शान्तोले ७६ रनको योगदान दिए।


यसअघि पहिले ब्याटिङ गरेको रंगपुरका लागि तोहिद हृदॉयले ५६ बलमा अविजित ९७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ राजशाहीका सन्दीप लामिछानेले १ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →