← समाचारमा फर्कनुस्
Cricket Jan 21, 2025 · Swadesh

सन्दीपलाई एक खेलको प्रतिबन्ध

सन्दीपलाई एक खेलको प्रतिबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ।

आचारसंहिता विपरीत कार्य गरेको भन्दै उनलाई क्यानले गर्ने कुनै पनि प्रतियोगिताको एक खेलका लागि कारबाही गरिएको हो। गत साता जनकपुर र वीरगन्जमा सम्पन्न जय ट्रफी मेन्स इलिट कपका दौरान अम्पायरको निर्णयमा चित्त नबुझको भन्दै सन्दीपले सामाजिक सञ्चालमार्फत आक्रोश पोखेका थिए।

सन्दीपले पुस २६ गते सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको गलत निर्णयले धेरै खेलाडीलाई असर पुग्ने बताएका थिए। उक्त खेलका क्रममा उनी अम्पायरसँग वहषमा पनि उत्रिएका थिए। 

आर्मीविरुद्ध चाँडै खेल सकिएको घोषणा गरेको भन्दै सन्दीपले मैदानमै पनि अम्पायरसँग बहस गरेका हुन्। क्यानको खेलाडीसँगको केन्द्रीय वार्षिक सम्झौताअनुसार २.७ मा क्यानविरुद्ध खेलाडीले कुनै पनि कुरा सामाजिक सञ्जालमा लेख्न नपाउने उल्लेख गरिएको छ। सोही अनुरूप उनलाई कारबाही गरेको क्यानले जनाएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →