साम्बाको पांच गोलमा नेपालको सानदार जित

सावित्रा भण्डारी ‘साम्बा’को पांच गोलमा नेपालले इराकमाथि वाफ महिला च्याम्पियनसिपमा समूह चरणको दोस्रो खेलमा सानदार जित हात पारेको छ । पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोस्रो हाफ ए थपेको थियो।
खेलको १४औं मिनेटमा साम्बाले रेखा पौडेलको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यस्तै खेलको १६औं मिनेटमा साम्बाले नै दोस्रो गोल गरिन् । इराकी डिफेन्डरबाट बल खोसेर गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ३७औं मिनेटमा पूजा रानाको क्रसमा साम्बाले हेड गर्दै ह्याट्रिक पूरा गरिन् ।
खेलको ४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् ।
त्यस्तै खेलको ८० औं मिनेटमा प्रिती राईको थ्रुबलमा साम्बाले सानदार गोल गर्दै ५-० को नतिजामा पुऱ्याइन।
नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् ।यस जितसंगै नेपाल ६ अंक सहित पहिलो र प्यालेस्टाइन ३ अंकसंगै दोस्रो स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |