← समाचारमा फर्कनुस्
Football Jun 11, 2024 · Swadesh

रोशनको ह्याट्रिकसहित पाँच गोलमा समाज कल्याणको सहज जित

रोशनको ह्याट्रिकसहित पाँच गोलमा समाज कल्याणको सहज जित

काठमाडौं । रोशन क्षेत्रीले ह्याट्रिकसहित पाँच गोल गरेको खेलमा समाज कल्याण खेलकुद केन्द्रले सहज जित हासिल गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत सिजनको अन्तिम खेलमा समाज कल्याणले झम्सिखेल युवा क्लबमाथि ६–३ गोल अन्तरले सहज जित हासिल गरोको हो। 

समाज कल्याणको जितमा रोशन क्षेत्रीले ह्याट्रिकसहित पाँच गोल गर्दा डिकेश लामाको नाममा एक गोल रह्यो। यता, झम्सिखेलको लागि विवस लावती, आर्यन थापा मगर र ओम धामीले समान एक एक गोल गरे।

जितसँगै १३ खेलबाट १९ अंक बनाएको समाज कलयाणले छौटौँ स्थानमा रहेर यस सिजनको लिगमा सुखद अन्त्य गरेको छ। समान खेलबाट १६ अंक जोडेको झम्सिखेल सातौँ रहँदै लिग अन्त्य गर्यो।

खेलको नवौं मिनेटमा रोशनको गोलमार्फत समाज कल्याणले सुरुआती अग्रता  बनाएको थियो। 

१० मिनेटपछि नै रोशनले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दा समाज कल्याण २-० ले अगाडि बढ्यो। झम्सिखेलका गोलकिपर विपिन चौधरीले रोशनलाई नै लडाएपछि समाज कल्याणले पेनाल्टीको अवसर पाएको थियो।

डिकेशले २८औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। रोशनले ३२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा समाज कल्याण ४-० ले अगाडि बढ्यो। 

त्यसपछि विवसले ४१औं मिनेटमा ओम धामीको पसलाई पोस्टको दिशा दिँदा खेल ४-१ को स्थितीमा आयो। ७२औं मिनेटमा आर्यनले झम्सिखेलका लागि दोस्रो गोल गरे।

रोशनले ८०औं मिनेटमा ब्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे। तीन मिनेटपछि नै रोशनले पाँचौ गोल गर्दा समाज कल्याण ६-१ ले अगाडि बढ्यो। 

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा ओमले गोल गर्दा झम्सिखेल ६-३ को स्थितीमा आयो। त्यसपछि बााकी समय थप गोल नहुादा समाज कल्याण विजयी भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →