← समाचारमा फर्कनुस्
Football Jun 10, 2024 · Swadesh

अन्तिम खेलमा सामाजिक विजयी

अन्तिम खेलमा सामाजिक विजयी

काठमाडौँ । सहिद स्मारक सी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा सामाजिक युवा क्लबले विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा सामाजिकले रेलिगेसन भइसकेको गोलबजार स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

सामाजिकको जितमा बसन्तबहादुर राना र विजय दोङ्गले गोल गरे। यता, गोलबजारका लागि रेवाज बस्नेतले गरेको गोल सान्त्वना बन्यो।

जितसँगै समाजिकले यस सिजनको लिगमा तेस्रो स्थानमा रहँदै सुखद् अन्त्य गर्‍यो। समाजिकले १३ खेलबाट २२ अंक जोड्यो। पराजित गोलबजार भने सात अंकसहित पुछारमा रह्यो। 

खेलको ३१औँ मिनेटमा बसन्तले गोल गर्दै सामाजिकलाई सुरुआती अग्रता दिलाए। ४३औँ मिनेटमा विजयले गोल गर्दै पहिलो हाफमै २–० को अग्रता दिलाए। 

पहिलो हाफमै २–१ ले पछि परेको गोलबजारको लागि ६२औँ मिनेटमा रेवाजले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो। त्यसपछि बाँकी समय थप गोल नहुँदा समाजिक विजयी भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →