← समाचारमा फर्कनुस्
Cricket Sep 13, 2025 · Swadesh

साल्टले बनाए कीर्तिमान नै कीर्तिमान

साल्टले बनाए कीर्तिमान नै कीर्तिमान

एक जना खेलाडीले एक खेलमा कति धेरै कीर्तिमान बनाएर ऐतिहासिक प्रदर्शन गर्न सक्छ भन्ने उदाहरण देखिएको छ, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो ट्वान्टी ट्वान्टीमा । ती खेलाडी रहे, २९ वर्षीय ओपनर फिल साल्ट । उनको प्रदर्शन साँच्चै अभुतपूर्व रह्यो ।


म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको त्यस खेलमा इंग्ल्यान्ड १ सय ४६ रनले विजयी रह्यो । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै दुई विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकाले १६.१ ओभरमा अलआउट हुन अगाडि १ सय ५८ रन मात्र बनायो ।


खासमा टेस्ट खेल्ने देशबीचको ट्वान्टी ट्वान्टी खेलमा कसैले तीन सय रनको स्कोर बनाएको यो नै पहिलो पटक हो । साल्टले ६० बलको सामना सामना गरे र त्यसमा १५ चौका तथा आठ छक्का सामेल थियो । उनले ३९ बलमै आफ्नो शतक पूरा गरेका थिए । अर्का ओपनर जस बटलरले ३० बलमा ८३ रन जोडे ।


खेलको सुरुदेखि नै साल्ट आक्रमण रहे । उनले लगातार चौका र छक्का प्रहार गरिरहे । उनले जितपछि भने, ‘मलाई विश्वकै उत्कृष्ट खेलाडी बन्नु छ । मैले आज खुबै मज्जा लिएर खेलें र यो उपलब्धी चुमें । मलाई इंग्ल्यान्डका लागि सक्दो बढी योगदान गर्नु छ ।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →