← समाचारमा फर्कनुस्
साफ यु–२० : बंगलादेश र श्रीलंका भिड्दै

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा मंगलबार समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।
मगलबार हुने खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। जारी च्याम्पियनसिपमा बंगलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो। श्रीलंकाले भने दोस्रो खेल खेल्दैछ।
श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो। आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ। श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रह्यो भने पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ।
नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ। सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |