← समाचारमा फर्कनुस्
Football Aug 17, 2024 · Swadesh

साफ यु–२० च्याम्पियनसिपका लागि सबै टोली तयार

साफ यु–२० च्याम्पियनसिपका लागि सबै टोली तयार

काठमाडौं । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोली तयार रहेको जनाएका छन्। 

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन्। 

उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाका (सार्क)मा आवद्ध ६ देश सहभागी छन्। प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको भन्दै  उद्टनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ।

सोही क्रममा नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरु, ए डिभिजन लिग खेलेका खेलाडीहरु रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए। यस्तै, उनले प्रशिक्षणका लागि धेरै समय पाएको र मेहेनत गरेर टिमलाई तयार पारेको पनि बताए।

 उनले भने, ‘हामीले ४०–४५ दिन एन्फा कम्प्लेक्सकै ग्राउन्डमा तयारी गर्न पायौं। बर्षाले खासै असर गरेन र यही मैदानमा हाम्रो खेल हुने भयो। हाम्रो लागि धेरै राम्रो कुरा हो। खेलाडीहरुका लागि अलिकति फाइदा हुन्छ जस्तो लागेको छ। अघिल्लो वर्षका खेलाडीहरु पनि समावेश गरिएको छ। ए डिभिजन लिग खेलेका खेलाडीहरु पनि छन्। धेरै मेहेनत गरेका छौ र यसपालीको टिम राम्रो नै भएको छ जस्तो लाग्छ।’

यस्तै, नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रुपमा तयार रहेको भन्दै च्याम्पियानसिप जित्ने लक्ष्य र सोचका साथ आएको बताए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →