सावित्रालाई काठमाडौं युरोको सम्मान

काठमाडौं, मंसिर २३ गते ।
काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्वपूर्ण योगदान पुऱ्याउदै नेपालको गौरव बढाएकोमा काठमाडौं युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

सोही अवसरमा सावित्राले काठमाडौं युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुस्कृत पनि गरेकी थिइन् । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं युरो स्कुलले विगतमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |