← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2025 · Swadesh

रोसिंगटनको शतकमा कर्णालीलाई २०२ रनको विशाल लक्ष्य

रोसिंगटनको शतकमा कर्णालीलाई २०२ रनको विशाल लक्ष्य

काठमाडौँ। पोखरा एभेन्जर्सका ओपनर कर्णालीविरुद्ध एडम रोसिंगटनको शानदार शतकमा कर्णाली याक्सले २०२ रनको विशाल लक्ष्य पाएको छ।


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखारले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रन बनायो। 


पोखराका लागि रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको सहयोगमा १०८ रनमा अविजित रहे। यस्तै, जोसन रोयले ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाएर आउट भए। जोसन र एडमले दोस्रो विकेटको लागि १२७ रनको शानदार साझेदारी गरे। 


धनञ्जय लक्ष्मणले ११ बलमा ३ चौका र एक छक्काको सहयोगमा २३ रन बनाए। कप्तान कुशल मल्लले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए।


यता, कर्णालीको लागि नन्दन यादव र मार्क वार्डले समान एक विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →