← समाचारमा फर्कनुस्
Cricket Jul 12, 2025 · Swadesh

रुटको नाममा एउटा अर्को टेस्ट कीर्तिमान

रुटको नाममा एउटा अर्को टेस्ट कीर्तिमान

जोए रुटको टेस्ट क्रिकेट करियर आफैमा अद्धितीय छ र त्यसमा एउटा अर्को कीर्तिमान पनि थपिएको छ । अब उनी टेस्ट क्रिकेटमा सबैभन्दा बढी क्याच लिने खेलाडी बनेका छन् । अहिले लन्डनको लर्डसमा इंग्ल्यान्ड र भारतबीच तेस्रो टेस्ट चलिरहेको छ ।

त्यसै टेस्टको दोस्रो दिन उनले २ सय ११ औं क्याच लिए र नयाँ कीर्तिमान बनाए । यसअघि यो कीर्तिमान भारतका राहुल द्रविडको नाममा थियो । उनले २ सय १० क्याच लिएका थिए । अब उनी दोस्रो स्थानमा झरेका छन् भने रुट शीर्षमा उक्लेका छन् ।

यति क्याचका लागि रुटले १ सय ५६ टेस्ट खेले भने द्रविडले १ सय ६४ । अब एकपल्ट सबैभन्दा बढी क्याच लिने सूचीतर्फ आँखा लगाऔं । शीर्ष दुई स्थानमा त रुट र द्रविड नै भए । त्यसपछि महेला जयवर्द्धनेले २ सय ५ तथा स्टिभ स्मिथ र ज्याक कलिसले समान दुई/दुई सय क्याच लिएका छन् ।

 यस्तै रिकी पोटिङले १ सय ९६, मार्क वाले १ सय ८१, एलिस्टर कुकले १ सय ७५, स्टेफन फ्लेमिङले १ सय ७१ र ग्रेम स्मिथले १ सय ६९ क्याच लिएका छन् । रुट अझै लगातार खेलिरहेका छन् । त्यसैले तय छ, यो क्याचको कीर्तिमानलाई उनले अझ अगाडि बढाउने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →