← समाचारमा फर्कनुस्
Football Jun 12, 2024 · Swadesh

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ। 

युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो। 

खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। 

यूरोकप २०२४ यही जुन १५ बाट जर्मनीमा आयोजना हुँदै छ। समूह एफ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा १९ जुनमा चेक रिपब्लिकको सामना गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →