चेक रिपब्लिकविरुद्ध पोर्चुगलको पुनरागमन जितमा, रोनाल्डोको कीर्तिमान

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ मा पोर्चुगलले विजयी हासिल गरेको छ।
मंगलबार राति जर्मनीको लाइपजिगमा सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध पोर्चुगलले २–१ गोलको पुनरागम जित हासिल गरेको हो।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो।
यस खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न सकने पनि नयाँ कीर्तिमानी भने राखेका छन्। रोनाल्डो इतिहासमा छ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बन्नदै नयाँ कीर्तिमान कायम गरेका हुन्।
खेलको ७२औँ मिनेटमा लुकासको गोलमार्फत सुरुआती अग्रता बनाएको चेक रिपब्लकाले उक्त अग्रता कायम राख्न भने सकेन। ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अबस्थामा फर्कियो।
त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २–१ को पुनरागमन जित थिलाए।
जितसँगै युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहँदा पराजित चेक रिपब्लक तेस्रो तथा जर्जिया पूछारमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |