← समाचारमा फर्कनुस्
Football Sep 06, 2024 · Swadesh

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ। 

बिहीबार राति भएको खेलमा रोनाल्डो आफ्नो खेल करियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको जितमा रोनाल्डो र डियोगो डालोटले गोल गरे। यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ। फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्।

जितसँगै पोर्चुगलले तीन अंक जोडेको छ। सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। ३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो। तर, ४१औं मिनेटमा क्रोएसियाले उपहार गोल पायो। पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अवस्थामा सकियो। 

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो। यसै समूहको खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गर्‍यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →