← समाचारमा फर्कनुस्
रोनाल्डोको गोलमा अल नासर साउदी सुपर कपको फाइनलमा

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको एक गोल र एक असिस्टको सहयोगमा अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ।
बुधबार राति सम्पन्न खेलमा अल तावौनमाथि अल नासरले २–० को सहज जित हासिल गरेको हो।
अल नासरको जितमा कपतान क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोल आयमन याह्याले गोल गरे।
खेलको आठौँ मिनेटमा रोनाल्डोको पासमा यमनले गोल गर्दै नासरलाई पहिलो हाफ भरि १–० को अग्रता दिलाए।
दोस्रो हाफको ५७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई २–० को अग्रता दिलाए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा नासर २–० ले विजयी भयो। जितसँगै अल नासर फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि आगामी शुक्रबार अल हिलालसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |