← समाचारमा फर्कनुस्
Football Sep 09, 2024 · Swadesh

रोनाल्डोको गोलमा पोर्चुगलको पुनरागमन जित

रोनाल्डोको गोलमा पोर्चुगलको पुनरागमन जित

काठमाडौं । खेलको ४६औँ मिनेटमा मैदान प्रवेश गरेका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल गरेपछि पोर्चुगलले युइएफए नेसन्स लिगमा पुनरागमन जित हासिल गरेको छ 

आइतबार राति लिस्बोनस्थित बेनफिको मैदानमा भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले पराजित गरेको हो। उसले यसअघि क्रोएसियालाई पनि समान २–१ गोलले पराजित गरेको थियो। 

समूह ए मा रहेको उसले दुई खेलबाट ६ अंक जोडेको छ भने पराजित स्कटल्यान्ड लगातार दोस्रो पराजयसँगै अंक विहिन छ।

खेलको सातौँ मिनेटमा स्कट टोमिनेले गोल गर्दै पोर्चुगलविरुद्ध स्कटल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलका लागि ५४औँ मिनेटमा ब्रुनो फनान्डेसले गोल गर्द खेल १–१ को बराबरीमा अबस्थामा ल्याए।

त्यसपछि कप्तान रोनाल्डोले ८८औँ मिनेटमा नुनो मेन्डीको पासमा गोल गर्दै पोर्चुगललाई २–१ को पुनरागमन जित दिलाए। रोनाल्डो पेड्रो नेटोको स्थानमा खेलको ४६औँ मिनेटमा मैदान प्रवेश गरेका हुन्।

यो सँगै रोनाल्डोले आफ्नो खेल करियमा ९०१ गोल पूरा गरेका छन्। जसमा पोर्चुगलको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय गोल संख्या १३२ पुगेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →