← समाचारमा फर्कनुस्
पेर्सिक केदिरीसँग रोहितले गरे सम्झौता नवीकरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दले इन्डोनेसियन लिगा वान टोली पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेका छन्।
३२ वर्षिय रोहितले क्लबसँगको सम्झौता एक वर्ष बढाएको पेर्सिकले जानकारी दियो। सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले २०१६ मा मलेसियन लिग खेलेका थिए।
यसैगरी सन् २०१७ मा फर्किए यता भने रोहितले लिगा वान नै खेल्दै आएका छन्। रोहितले २०१७ देखि पाँच सिजन पर्सिजा जकार्तामा बिताए। क्लब २०१८ को लिग विजेता बन्दा रोहित सर्वोकृष्ट खेलाडी घोषित भए। हित सन् २०२२ मा पर्सिजा छाडी पेर्सिक पुगेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |