← समाचारमा फर्कनुस्
एनपिएलमा रोहितको ५०० रन पूरा

काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेले नेपाल प्रिमियर लिग एनपिएलमा ५०० रन पूरा गरेका छन्।
त्रिवि क्रिकेट रंगशालामा इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा उनले सो उपलब्धि हासिल गरेका हुन्।
यस खेलमा उनी २५ बलमा १८ रन बनाएर आउट भए। यो सँगै उनको ५०५ रन पुगेको छ। एनपिएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
उनलाई सुदूरपश्चिम रोयल्सका ओपनर बिनोद भण्डारीले ४९९ रन बनाएर पछ्याएका छन्। यसअघि चितवन राइनोजका रबि बोपराले ५०० रन पूरा गरेका छन्। १५ खेलमा ५२३ रन बनाएका छन्।
रोहितले १५ खेलमा ५०० रन पूरा गरेका हुन्। यस्तै सुदूरका कप्तान दिपेन्द्र सिंह ऐरीले १७ खेलमा ३७६ रन बनाएर तेस्रो स्थानमा छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women